पाँच दिनमा २० करोड कोरोना बीमाको दाबी भुक्तानी, २ हजार बढीले बुझे रकम

0
Shares

बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियालाई तिब्रता दिएको छ ।

अर्थमन्त्रालयको निर्देशनपश्चात बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियालाई छरितो बनाएको हो ।

पछिल्लो पाँच दिनमा दुई हजार ६८ जना बीमितले कोरोना बीमाको रकम बुझेका छन् ।दुई हजार ६८ जना बीमितलाई कम्पनीहरुले १९ करोड ८७ लाख २५ हजार रुपैयाँ भुक्तानी गरेका छन् । पुस १० गतेसम्म १५ हजार ८७९ जना बीमितले कोरोना बीमाको रकम बुझेका थिए ।

अर्थमन्त्रालयले गत मंसिर १८ गते बीमा समितिलाई कोरोना बीमा दाबीका लागि आवश्यक कागजात पुगेका व्यक्तिहरुलाई समयमा नै भुक्तानी गर्न निर्देशन दिएको थियो।

बीमा समितिको पुस १५ गतेसम्मको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले १७ हजार ९४७ जना बीमितलाई कोरोना बीमाको रकम दिएका छन् ।

कम्पनीहरुले १७ हजार ९४७ बीमितलाई एक अर्ब ७४ करोड ८० लाख ५० हजार रुपैयाँ भुक्तानी गरेका छन् । पुस १० गतेसम्म कम्पनीहरुले एक अर्ब ५४ करोड ९३ लाख २५ हजार रुपैयाँको दावी भुक्तानी गरेका थिए ।

पुस १५ गतेसम्म निर्जीवन बीमा कम्पनीहरुमा ३५ हजार ८२६ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका २ हजार ३३६ वटा फाइल सम्बन्धित कम्पनी मै फिर्ता भएका छन् । दुई हजार ८९३ दावीका फाईल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार ४ हजार ३३० दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् । भने ५७६ वटा दावीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

यसैगरी, ९० वटा दावी प्रन्ध दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ७ हजार ६२७ दावीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।