नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

-नोटबजार संवाददाता।
काठमाडौं।
२४पुष, २०७७, शुक्रबार / Jan 08, 2021 11:24:am

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई खरिद गर्ने भएको छ । दुई संस्थाबीच बिहीबार बेलुका प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल फाइनान्स निजी क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्स कम्पनी हो । ललितपुरको लगनखेलमा प्रधान कार्यालय रहेको ललितपुर फाइनान्स २०५१ सालमा खुलेको हो । नेपाल फाइनान्सको करिव ३१ करोड रुपैंयाँ र ललितपुर फाइनान्सको करिव २४ करोड रुपैंयाँ चुक्ता पूंजी रहेको छ ।

ललितपुर फाइनान्सलाई प्राप्ति पछि नेपाल फाइनान्सको नामबाट नै कारोवार हुनेछ । नेपाल फाइनान्सकै संचालक समिति र व्यवस्थापनले संस्था संचालन गर्नेछन् । स्वाप रेशियो डिडिएले निर्धारण गरेको अनुपातमा प्राप्ति गर्न र समाहित हुन दुबै पक्ष सहमत भएका छन् ।

नेपाल फाइनान्सको २ शाखा छन् र थप ६ शाखा तथा २ एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयमा रहेको छ । ललितपुर फाइनान्सको ३ वटा शाखा संचालनमा छन् । प्राप्ति पछि जम्मा शाखा संख्या १३ पुग्ने भएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ

 


Share on:


Comments