नेपाल फाइनान्सको छैठौं शाखा कास्कीको भुर्जुङ्गखोलामा

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२२चैत्र, २०७७, आईतवार / Apr 04, 2021 17:28:pm

नेपाल फाइनान्स लिमिटेड (NFS) ले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नं. २ भुर्जुङ्गखोलामा आफ्नो छैठौं शाखा कार्यालय स्थापना गरेको छ । फाइनान्सले चैत्र २२ गते देखि उक्त शाखा सञ्चालन गरेको हो ।

निजी क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.स. २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका–२८ कमलादीमा केन्द्रीय कार्यालय सहित ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र नवलपुरको गैंडाकोटमा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ ।

यसैगरी जनकपुरको धनुषाधाम र मकवानपुरको हेटौंडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर समेत यसै आ.व.मा सञ्चालनमा ल्याउने गरी तयारी गरिसकेको छ । यस संगै संस्थाले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्ने छ भने, सम्पूर्ण डिजिटल बैंकिग सेवा समेत छिट्टै सञ्चालनमा ल्याउने गरी तयारी गरीसकेको छ ।

संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतमको सञ्चालन, सञ्चालक दिप्रश शाक्यको स्वागत मन्तब्य र सञ्चालक समिति अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको अध्यक्षता रहेको उक्त कार्यक्रममा माछापुच्छ्रे  गा.पा. वडा नं. २ का वडा अध्यक्ष बिक्रम गुरुङ्ग, माछापुच्छ्रे माध्यमिक विद्यालयका प्राचार्य सन्तोष आचार्य लगाएतका अतिथिहरुले यस क्षेत्रमा खोलिएको पहिलो वित्तीय संस्था भएकोले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै संस्थाको सफलताको लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा संस्थाका संचालकहरु चन्द्र कुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, लक्ष्मी महर्जन, नेपाल प्रहरी माछापुच्छ्रे  गा.पा. वडा नं. २ चौकिका ईन्चार्ज प्र.ना.नि. घनश्याम ढकाल, संस्थाका आधारभुत लगानीकर्ता एवं सफल उद्योग ब्यवसायी राजेन्द्र शाक्य, प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलिया, लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवी र समासेवी महानुभावहरुको उपस्थिति रहेको थियो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments