इन्धनको भाउ साउन यता १२ पटक घटबढ, पेट्रोल प्रतिलिटर १२० पुग्दा अन्य कति ?

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२३चैत्र, २०७७, सोमबार / Apr 05, 2021 10:52:am

चालु आर्थिक वर्ष यता अर्थात ९ महिना अवधिमा इन्धनको मूल्य १२ पटक घटबढ भएको छ ।

सरकारी स्वामित्वको नेपाल आयल निगमले यस अवधिमा पेट्रोलको भाउ १८ रुपैयाँ, डिजेल र मट्टितेलमा समान १५ पैसा, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ ७ रुपैयाँ, र खाना पकाउने एलपिजी ग्यासको भाउ २५ रुपैयाँले बढेको छ । यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले बढेको छ ।

२०७७ असार २६ गते प्रतिलिटर १०२ रुपैयाँ रहेको पेट्रोलको भाउ चैत २३ गते आइपुग्दा १८ रुपैयाँले बढेर १२० रुपैयाँ पुगेको हो । यसैगरी डिजेल र मट्टितेलको भाउ ८८ रुपैयाँबाट प्रतिलिटर १५ पैसा बढेर १०३ रुपैयाँ पुगेको छ ।

यस अवधिमा खाना पकाउने एलपिजी ग्यासको भाउ १ हजार ३७५ बाट २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य आन्तरिकतर्फ ६५ रुपैयाँबाट ७ रुपैयाँ बढेर ७२ रुपैयाँ पुगेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८६८ बाट २५ ले बढेर ८९३ अमेरिकी डलर पुगेको छ ।

चालु आर्थिक वर्षयता सरकारले साउन १७ गते शनिबार पहिलो पटक मूल्य बढाएकोमा पछिल्लो पटक चैत २२ गते आइतबार बढाएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले मूल्य नबढाए पनि निगमले घाटापूर्ति गर्न भन्दै आइतबार रातिदेखि मूल्य बढाएको हो ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ र एलपीजी ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

पछिल्लो पटक सरकारले चैत २२ गते आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ कायम भएको छ ।

पछिल्लो पटक आइतबार खाना पकाउने ग्याँस र र हवाई इन्धनको मूल्य भने बढाइएको छैन । हालको मूल्य अनुसार ग्याँसको १ हजार ४०० रुपैयाँ, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ ७२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८९३ अमेरिकी डलर छ ।

मिति पेट्रोल (प्रतिलिटर) डिजेल।मट्टितेल (प्रतिलिटर) खाना पकाउने ग्याँस (प्रतिसिलिन्डर) हवाई इन्धन (आन्तरिक) प्रतिलिटर हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिकिलोलिटर अमेरिकी डलर
२०७७।३।२६ १०२ ८८ १३७५ ६५ ८६८
२०७७।४।१७ १०४ ९० १३७५ ६५ ८६८
२०७७।४।३२ १०५ ९१ १३७५ ६५ ८६८
२०७७।५।१६ १०७ ९१ १३७५ ६५ ८६८
२०७७।५। ३१ १०७ ९० १३७५ ६५ ८६८
२०७७।६।१५ १०७ ८९ १३७५ ६५ ८६८
२०७७।८।२७ १०८ ९१ १३७५ ६५ ८६८
२०७७।१०।५ ११० ९३ १३७५ ६५ ८६८
२०७७।१०।२८ ११२ ९५ १४०० ६५ ८६८
२०७७।११।०४ ११४ ९७ १४०० ६५ ८६८
२०७७।११।१७ ११६ ९९ १४०० ६५ ८६८
२०७७।१२।४ ११८ १०१ १४०० ७२ ८९३
२०७७।१२।२२ १२० १०३ १४०० ७२ ८९३

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments