बैंकिङ कसूर मुद्धामा फरार प्रतिवादी पक्राउ

0
Shares


नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई आइतबार पक्राउ गरेको छ । प्रहरीले झापा बिर्तामोडका ४७ वर्षीय विष्णु गौतमलाई पक्राउ गरेको हो ।

उच्च अदालत बिराटनगरबाट गत पुस १३ गतेको फैसलाले गौतमलाई १ महिना कैद र ४० लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ६० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला सुनाएको थियो ।

सो फैसला पछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराईएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० वैशाख २०७८, सोमबार  १३ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।