कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्न चेम्बरको आग्रह

-नोटबजार संवाददाता।
काठमाडौं।
२१बैशाख, २०७८, मंगलवार / May 04, 2021 14:31:pm

नेपाल चेम्बर अफ कमर्शले कर विवरण तथा कर दाखिला गर्ने म्याद थप सरकारसँग आग्रह गरेको छ ।

कोभिड—१९ महामारी संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि जारी निषेधाज्ञाका कारण उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका र व्यवसायी तथा कर्मचारीहरू कार्यालयमा जान सक्ने अवस्था नभएको भन्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्न माग गरेको हो।

विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ ।

उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन । सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौँ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 



Share on:


Comments