निषेधाज्ञाको फाइदा उठाँउदै यात्रुहरुसंग चारगुणा बढी भाडा लिने पक्राउ

0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले गंगबु बसपार्कबाट यात्रुहरुसंग चार गुणा बढी भाडा लिने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा स्याङजा चापाकोट घर भएका काठमाण्डौ मित्रनगर बस्ने ३० वर्षीय मिलन सारु रहेको महाशाखाले जनाएको छ ।

सारु बाग्लुङ भगवती काउन्टरका कर्मचारी हुन् । सारुले वैदेशिक रोजगारीबाट फर्किएका १० जना यात्रुसंग बाग्लुङ सम्म जनाका लागि ३ देखि चार हजार सम्म भाडा असुल गरेका थिए । तर काठमाण्डौ देखि बाग्लुङ सम्मको भाडा ९ सय मात्र रहेका हो ।

सारुलाई सादा पोशाकमा खटिएको टोलिले बुधबार गंगबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मिलनलाई आवश्यक कारबाहिका लागि महानगरयि प्रहरी प्रभाग बसपार्कमा बुझाइएको महाशाखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ वैशाख २०७८, बिहीबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।