प्रभु इन्स्योरेन्सको १० प्रतिशत बोनस पारित

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
६जेष्ठ, २०७८, बिहीबार / May 20, 2021 14:25:pm

प्रभु इन्स्योरेन्स कम्पनीको बिहीबार सम्पन्न २५ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ बाट शेयरधीलाई वितरण गर्ने लाभांश पारित गरेको छ ।

बिहीबार प्रभु कम्प्लेक्स तीनकुनेमा भचुर्अल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

सभामा कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तिव्र प्रतिष्पर्धाका बावजुत पनि कम्पनीले सफल र फरक पहिचानलाई निरन्तरता दिन सक्षम रहेको दाबी गरिन् ।

सभालाई सम्बोदन गर्दै अध्यक्ष लामाले व्यवसाय वृद्धि, दाबी भुक्तानी र खर्चको सफल व्यवस्थापन गर्दै आम्दानी वृद्धि गरेको कारण शेयरधनीहरुलाई प्रतिफल दिन सक्षम रहेको बताईन् ।  विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुक भर आर्थिक क्षेत्र प्रभावित भए झै कम्पनी पनि प्रभावित भएको उनले बताईन् ।

“विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोभिड १९ का कारण बीमा क्षेत्रमा असर गरेको छ । उद्योग धन्दा तथा व्यवसायका क्षेत्रहरु निर्वाध रुपमा सञ्चालन हुन नपाउँदा आयाता तथा निर्यातका कार्यहरु बन्द हुँदा बीमा कम्पनीका आम्दानीमा प्रत्यक्ष असर परेको छ ।” उनले भनिन् ।

कम्पनीले सबै खाले आधुनिक प्रविधि प्रयोग गरी प्रविधिमैत्री बीमा सेवा प्रदान गर्दै आईरहेको दावी गरिन् । “नयाँ नयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै ग्राहकहरुलाई सहज रुपमा सेवा प्रदान गरी शेयर धनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ अघि बढिरहेका छौँ ।” अध्यक्ष  लामाले भनिन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments