राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गर्ने निर्णय गरेको थियो ।
पुनः नियुक्ति पश्चात आज सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष उपाध्यक्ष कँडेलले सपथ ग्रहण गरेका छन् ।
सपथपछि उपाध्यक्ष कँडेलले आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन् ।
कँडेलका प्रेसविज्ञ रामेश्वर कार्कीले डा कँडेलले आजै पद तथा गोपनीयताको शपथ जानकारी दिए । शपथ ग्रहणपछि डा. कँडेलले पदभार ग्रहण गर्दै मुलुकका एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गरेका हुन् ।
नेकपा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएपछि डा. कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया