संघीय संसदको अन्तर्गत प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद पार्वती जि सि चौधरीले बैंकलाई ब्रोकर इजाजत दिनुपर्ने बताएकी छिन् ।
सांसद चौधरीले हाल विद्यमान ब्रोकरले ग्राहकलाई दिने सेवा प्रभावकारी हुन नसकेको र पछिल्लो समय पूँजी बजार विस्तार हुँदै गइरहेका कारण बैंकलाई ब्रोकर दिनुपर्ने उनको भनाई थियो ।
उनले भनिन् “अहिलको अवस्थामा शेयर मार्केट आम रुपमा नेपाली जनता युवाहरुको आकर्षणको बिन्दु भएको छ । केही ब्रोकरहरु छन्, सीमित ब्रोकरहरुले सहज रुपमा डिम्याट खाता खोलेर शेयर कारोबार गर्न खोजेका नेपाली नागरिकहरुले सहज रुपमा सुविधा लिन सकिरहेका छैनन् । चाप यति धेरै छ की उनीहरुले त्यो किसिमले सुविधा दिन सकिरहेको अवस्था छैन, म मन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु बैंकहरुलाई ब्रोकर लाइसेन्स दिइयोस् ”
त्यसको जवाफमा अर्थमन्त्री जनार्दशन शर्माले शेयर बजारलाई पारदर्शी र व्यवस्थित गर्नुपर्ने कुरालाई सरकारले अगाडि बढाउने जवाफ दिएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया