मेन्छियाम हाइड्रोले १६ करोडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल नियुक्त

0
Shares

मेन्छियाम हाइड्रो पावरले स्थानीयबासी तथा सर्वसाधारणका लागि साधारण शेयर(आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको हो ।

एनआईसी एशिया क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ साउन २०७८, शुक्रबार  १३ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।