सर्वोत्तम शेयर प्रकरणमा छानबिन कमिटीको प्रतिवेदन अनुसार कारबार्ही गछौंः अर्थमन्त्री शर्मा

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले सर्वोत्तम शेयर खरीद प्रकरणमा मन्त्रीस्तरीय निर्णयबाट छानबिन कमिटी गठन भई प्रकृया अगाडि बढेको बताउँदै छानबिन समितिले दिने निष्कर्षका आधारमा कारवार्ही अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् । 

संघीय संसदको अर्थ समितिले शुक्रबार बोलाएको छलफलमा उपस्थित भएर अर्थमन्त्री शर्माले यस्ता बताएका हुन् । अर्थ मन्त्रालयले व्यक्तिले गरेको अनियमितताका सम्बन्धमा संस्थालाई पत्र काटेको विषयमा छलफल गर्न अर्थमन्त्रीलाई डाकेको थियो ।

अर्थमन्त्री शर्माले सर्वोत्तम प्रकरणमा नियमनकारी निकायको प्रमुखले आफ्नै परिवारभित्रका सदस्यको नाममा शेयर खरीद बिक्रीका ठूला-ठूला कारोबार भएको खबर सार्वजनिक भएसँगै मन्त्रालयले चासो दिएको र त्यससम्बन्धमा धितोपत्र बोर्डमा यथार्थ बुझ्न पत्राचार गरिएको बताए । बोर्डबाट प्राप्त संस्थागत जवाफले पनि नपुग्ने भएपछि मन्त्रीस्तरिय निर्णयबाट छानबिन कमिटी गठन भएर प्रकृया अगाडि बढेको उनको भनाई छ ।

बोर्डको संस्थागत जवाफपछि मन्त्रालयले बजारलाई सहि नियमन गर्न, जनतालाई वास्तविक कुरा जानकारी गराउने उदेश्यले मन्त्रालयका सचिव मघु मरासिनी र अर्थको वित्त महाशाखा प्रमुख समेत संलग्न रहेको दीर्घराज मैनाली सहित पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

उनले भने ‘ पाँच सदस्य छानबिन समिति गठन भएपछि अहिले सो समितिले काम अन्तिम अन्तिम चरणतिर पुर्याएको छ । केही दिनमा नै प्रतिवेदन आउनेछ । त्यो रिपोर्ट आएपछि हामीले सत्य तथ्य सबैलाई जानकारी नै गराउँछौं । प्रतिवेदन हेरेर मन्त्रालयले कारबार्ही गर्नेछ ।’

मन्त्री शर्माले अर्थ मन्त्रालयले सधै लगानीकर्ताको हितमा काम गर्ने बताए । अनियमितताको विषयमा यो भयो भन्नु भन्दा पनि छानविनपछि आम लगानीकर्ताको हीतमा मन्त्रालयले कदम चाल्ने उनले भनाई थियो । ‘अहिले अनियमितता वा उठेको प्रश्नको निष्कर्षमा पुग्नुभन्दा छानबिनपछि यथार्थकुरा बाहिर आएपछि सार्वजनिक गर्ने र कारवाहीको आवश्यक प्रकृया चाल्न उपयुक्त हुन्छ । हाम्रो ध्यान जनताका कारोबारको संरक्षण, हितको संरक्षण गर्नतर्फ छ ।’ उनले भने ।

पछिल्लो समय नेपालको पूँजीबजार लाखौंको सहभागीतामा अगाडि बढिरहेको र मौद्रिक नीति आएसँगै कारोबार रकम समेत साढे २१ अर्ब नाघेको उनले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ भदौ २०७८, शुक्रबार  १२ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।