सीडी रेसियो तीन चरणमा लागू गर्न बैंकर्स संघको माग

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
११भाद्र, २०७८, शुक्रबार / Aug 27, 2021 17:38:pm

नेपाल बैंकर्स संघले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको ९० प्रतिशतको सीडी रेसियो चरणबद्ध रुपमा लागू गर्न माग गरेको छ ।
संघका अध्यक्ष भुवन दाहालले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शुक्रबार आयोजना गरेको मौद्रिक नीति कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा तीन चरणमा सीडी रेसियो कार्यान्वयन गर्न माग गरे ।

केही बैंकको अहिले पनि ९० प्रतिशतको सीमा कटेको, केही तल नै रहेको अवस्था रहेकाले पहिलो चरण पुससम्ममा ९२ प्रतिशत, दोश्रो चैतमा ९१ प्रतिशत र असारमा ९० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकलाई दाहालको सुझाव छ ।

अहिलेको व्यवस्थाले हायर साइडमा हुनेलाई बढी लाभ र जो नियममा थिए उनीहरुलाई चाँही त्यसले असर पुग्ने अवस्था देखिएको उनको भनाई छ । यसो गर्दा सबै बैंकले लाभ उठाउन सक्ने उनले बताए ।

नेपाल राष्ट्र बैंकले ४.४ प्रतिशतको स्प्रेडदर कार्यान्वयन गरेपनि बैंकहरुको औषत स्प्रेडदर तोकिएकोभन्दा कम ३.६० प्रतिशतसम्म झरेकाले बैंकहरुको नाफा घटेको उनको भनाई छ । कोभिड सुरु हुँदा ५.०३ प्रतिशत रहेको स्प्रेडदर तीव्र प्रतिस्पर्धाका कारण ३.६० प्रतिशतसम्म झरेको उनले बताए ।

उनले व्यवसाय विस्तार उच्च भएपनि स्प्रेडदर खुम्चँदा खुद ब्याज आम्दानी भने घटेको बताए । दाहालका अनुसार १० खर्बको सम्पत्तिको वृद्धि २।४ करोड मात्र खुद ब्याज आम्दानी बढेको त्यो पनि गत वर्षको मर्जरलई हटाउने हो भने त्यो ग्रोथ पनि छैन । शेयर बजारमा आएको उछाल र बैंकहरुले गत आवमा विगतमा जस्तै शेयर बजारबाट हुने आम्दानीले बैंकहरुको नाफा वृद्धिमा सहयोग पुगेको बताए । हाल ११।१२ प्रतिशतको रिर्टन रहेको र बैंकहरुको प्रतिस्पर्धाका कारण त्यो पनि घट्ने अवस्थामा रहेको उनले बताए ।

उनले भने ‘चैतसम्मको तथ्याङ्क हेर्ने हो भने सिमेन्ट उद्योग, गाडी, फलाम उद्योगहरुले धेरै राम्रो रिर्टन उहाँहरुले जेनरेट गरेको हामी देख्छौं । ठूला ग्राहकको हकमा प्राइसिङक डिसिजन अब बैंकलाई छाडिदिँदा राष्ट्र बैंकलाई पनि सहज हुन्थ्यो र सानाको हकमा प्रोटेक्सन गर्ने छँदैछ । एसएमईमा अहिले २ प्रतिशतसम्म प्रिमियम लिन भनिएको छ । गाउँघरतिर सानासाना कर्जा २४ देखि ३६ प्रतिशतसम्ममा चलिरहेको अवस्थामा बैंकहरुलाई तिमीहरुप्रिमियम आफ्नो हिसाब लिउ भन्दा पनि ४-५ प्रतिशत त लिने हुन् । अहिले बैंकहरुको औषत आधारदर ७ प्रतिशत हुँदा ११/१२ प्रतिशत ब्याजदर होला। गाउँघरमा ११।१२ प्रतिशतलाई त ब्याजदर नै नठान्ने प्रवृत्ति छ । अहिले १० बाट १५ प्रतिशत पुर्याउनुपर्ने भएकाले यसल नै १-२ वर्षसम्म त कर्जा प्रवाह नरोक्ला तर विस्तारै बैंकहरुलाई डिस्सइन्टेसिभ बनाउसक्छ । हाल रिर्टन अफ इक्वीटी ११-१२ प्रतिशतमा घटेको अझ शेयरलाई हटाउँदा अझ घट्ने र साना व्यवसाय कर्जा १५ प्रतिशत हुनुपर्ने तर स्पेडदर २ प्रतिशत मात्र हुँदा यो अझ घट्ने देखिन्छ । सर्भायबलको कुरा त मैले भनिन, बैंकको शेयरहोल्डरहरु र कर्मचारीको मोटिभेसनका हिसाबले रिर्टन चाँही थ्रेसहोल्डभन्दा तल गइरहेका छौं भन्ने पीर लागेको पक्ष छ । ’

उनले गत वर्ष जस्तै यो वर्ष पनि मौद्रिक नीति कार्यान्वयनमा गर्न चुनौति नरहेकाले समस्या नहुने बताए । गत वर्ष मौद्रिक नीतिको सफल कार्यान्वयनले नै अर्थतन्त्र चलायमान भएको र यो वर्ष पनि कायान्वयन गर्ने प्रतिबद्धता जनाए ।

बैंकहरुको घट्दो ब्याजदरबाट निक्षेपकर्ता र ऋणी दुबैलाई फाइदा पुगेको उनले बताए । ब्याजदर घट्दा निक्षेपकर्ता भन्दा ऋणीहरुले धेरै लाभ लिन सकेको बताउँदै उनले निक्षेपकर्ताले पनि महङ्गिको तुलनामा मुद्दत्ती निक्षेपमा धेरै ब्याजदर प्राप्त गरेको उल्लेख गरे ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments