तेह्रथुम पावरको आईपीओ २५४ रुपैयाँसम्म खुल्नसक्ने

0
Shares

तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी गरेको प्राथमिक शेयर (आईपीऔ) धितोपत्र दोस्रो बजारमा २५४ रुपैयाँसम्ममा पहिलो कारोबार खुल्नसक्ने देखिएको छ ।

कम्पनीको लेखापरीक्षण सम्पन्न भएको पछिल्लो आर्थिक वर्ष २०७६/७७ सम्म कम्पनीको तथ्याङ्क अनुसार वास्तविक प्रतिशेयर नेटवर्थ ८४.७४ रुपैयाँ रहेको छ ।

यसअनुसार पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म दोस्रो बजारमा कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गरिने व्यवस्था अनुसार कम्पनीको आईपीओ न्यूनतम ८४.७४ देखि अधिकतम २५४.२२ रुपैयाँसम्मको मूल्य रेञ्ज पाउने देखिएको हो ।

नेप्सेले कुनैपनि कम्पनीको धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि सम्बन्धीत कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गरेको छ । यसअनुसार तेह्रथुम पावर कम्पनी लिमिटेडले पनि सो रेञ्ज पाउनेछ ।

कम्पनीले निमार्ण गरेको ७. ५ मेगावाटको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन शुरु गरिसकेको कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा ८ लाख कित्ता आईपीओ जारी गरेर भदौ २५ गते बाँडफाँड गरेको थियो । कम्पनीको आईपीओ ७४ लाख ४०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । 

स्थानीय र आम सर्वसाधारणमा शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ४० करोड पुगेको छ । जहाँ संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना को कुल लागत १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ ।

तेह्रथुम जिल्लामा ७. ५ मेगावाट क्षमताको यस आयोजनाले आर्थिक वर्ष २०७६।७७ सम्म ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २९ भदौ २०७८, मंगलबार  १२ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।