प्रभु इन्स्योरेन्समा सञ्चालकमा राजेन्द्र शाक्य

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२६आश्विन, २०७८, मंगलवार / Oct 12, 2021 12:22:pm

प्रभु इन्स्योरेन्स कम्पनीमा सञ्चालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । उनी संस्थापक शेयरधनी कर्मचारी सञ्चयकोषको तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।

यसअघि संस्थापक शेयरधनी कर्मचारी सञ्चयकोषको तर्फबाट सञ्चालक समितिमा विजय कुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आइरहेका थिए । अब भने शाक्यले प्रतिनिधित्व गर्नेछन् ।

असोज २४ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकको निर्णय अनुसार शाक्यलाई कम्पनीको सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा जनाइएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments