तेह्रथुम पावरको प्राथमिक शेयर (आईपीओ) गोलाप्रथाबाट शेयर पाएका लगानीकर्ताको हितग्राही खातामा जम्मा भएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको शेयर गोलाप्रथाबाट ७४ हजार ४०० जनाले पाएका थिए । तिनै लगानीकर्ताको शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भएपनि सम्बन्धीत लगानीकर्ताको डिम्याट खातामा पठाइएको हो ।
कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर जारी गरेको हो । जसमध्ये ५ प्रतिशत (४० हजार कित्ता) शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत (१६ हजार कित्ता) शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन मागिएको थियो ।
उक्त शेयरको बाँडफाँड भदौ २५ गते शुक्रबार बाँडफाँड भएको थियो ।
कतिमा खुल्छ पहिलो कारोबार ?
नेप्सेले साधारण शेयर जारी गरेर पहिलो पटक शेयर बजारमा प्रवेश गर्ने कम्पनीको शेयर कारोबारका लागि उक्त कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा ओपनिङ्ग कारोबार मुल्य तोक्ने गरेको छ ।
यसअनुसार मूल्य निर्धारण गर्दा उक्त कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको सम्बन्धीत कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेटवर्थ) लाई न्यूनतम कारोबार मूल्य र प्रतिशेयर नेटवर्थको तीन गुणासम्म रेञ्ज दिने गरेको छ ।
यसअनुसार तेह्रथुम पावरको आव २०७६।७७ को परिष्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ८४.७४ रुपैयाँ छ । यसअनुसार कम्पनीको पहिलो शेयर कारोबारका लागि पनि न्युनतम प्रतिकित्ता ८४.७४ रुपैयाँ देखि अधिकतम २५४.२२ रुपैयाँसम्म रेञ्ज पाउने देखिन्छ ।
पहिलो कारोवारको लागि कम्पनीले नेप्सेमा शेयर सूचीकृतपछि भोलिपल्ट स्पेशल प्रि ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोबार हुनुपर्ने प्रावधान रहेको छ । स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भएपछि मात्र सम्बन्धीत कम्पनीको नेप्सेको नियमित समय (११ ब्जेदेखि ३ बजेसम्म) समयमा शेयर कारोबार हुने गर्दछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया