नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार थप दुई कम्पनीको शेयर सूचीकृत भएको छ । यसदिन साहस उर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावरको ४० लाखगरी ३ करोड ९० लाख कित्ता शेयर धितोपत्र बजारमा थपिएको छ ।
साहस उर्जाले ७० लाख सर्वसाधारण र ३५ लाख स्थानीयलाई गरी कुल १ करोड ५ लाख कित्ता र तेह्रथुम पावरले ८ लाख कित्ता शेयर सर्वसाधारणमा र ४ लाख कित्ता शेयर स्थानीय बासिन्दालाई गरी १२ लाख कित्ता शेयर जारी गरेको थियो ।
तेह्रथुम पावरले असोज६ देखि १० गतेसम्म सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत अर्थात ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर जारी गरेको हो । जसमध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत (२ लाख १० हजार कित्ता) शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएर बाँकी ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन मागिएको थियो । उक्त शेयरको बाँडफाँड असोज १७ गते शुक्रबार बाँडफाँड भएको थियो ।
तेह्रथुम पावरले भदौ ९ गतेबाट सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर जारी गरेको हो । जसमध्ये ५ प्रतिशत (४० हजार कित्ता) शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत ९१६ हजार कित्ता) शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन मागिएको थियो । उक्त शेयरको बाँडफाँड भदौ २५ गते शुक्रबार बाँडफाँड भएको थियो ।
कतिमा खुल्छ पहिलो कारोबार ?
नेप्सेले साहस उर्जा कम्पनीको शेयर कारोबारका लागि एसएएचएएस र तेह्रथुम पावर कम्पनीलाई टिपीसी कारोबार संकेत (सिम्बोल) दिएको छ ।
साधारण शेयर जारी गरेर पहिलो पटक शेयर बजारमा प्रवेश गर्ने कम्पनीको शेयर कारोबारका लागि नेप्सेले उक्त कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा ओपनिङ्ग कारोबार मुल्य तोक्ने गरेको छ ।
यसअनुसार मूल्य निर्धारण गर्दा उक्त कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको सम्बन्धीत कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेटवर्थ) लाई न्यूनतम कारोबार मूल्य र प्रतिशेयर नेटवर्थको तीन गुणासम्म रेञ्ज दिने गरेको छ ।
यसअनुसार तेह्रथुम पावर कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ८४.७४ रुपैयाँ देखि अधिकतम २५४.२२ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । यस्तै साहस उर्जाको पहिलो शेयर कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १३५.११ रुपैयाँ देखि ४०५.३३ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।
नेप्से दिएको उक्त ओपनिङ्ग रेञ्जको आधारमा रहेर आइतबार दुबै कम्पनीको पहिलो कारोबार खुल्नेछ । पहिलो पटक नेप्सेमा शेयर सूचीकृत हुने कम्पनीहरुको हकमा शेयर सूचीकृत भएको दोस्रो कारोबार दिनको स्पेशल प्रि ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोबार हुनुपर्ने प्रावधान रहेको छ । स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भएपछि मात्र सम्बन्धीत कम्पनीको नेप्सेको नियमित समय (११ बजेदेखि ३ बजेसम्म) समयमा शेयर कारोबार हुने गर्दछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया