सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान (RBS) को जीवन बीमा कोषको आकार ३७ अर्ब १४ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
गत आवको यसै अवधिमा जीवन बीमा कोषमा ३० अर्ब ४९ करोड ८ लाख रुपैयाँ सञ्चित रहेकोमा समीक्षा अवधिमा २१.८१ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थानले १ करोड ५६ लाख ४७ हजार रुपैयाँँ खुद नाफा कमाएको छ । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको हो । गत आवको यसै अवधिमा संस्थानले १ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ५२.३३ प्रतिशतले नाफा बढेको हो ।
चालु आवको तीन महिनाम अवधिमा संस्थानले ४ अर्ब ५३ करोड ३१ लाख १० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिमा ४ अर्ब २१ करोड १७ लाख ४४ हजार संकलन गरेकोमा एक वर्षमा ७.६३ प्रतिशतले बढेको हो ।
नागरिक लगानी कोषले प्रदान गर्दै आएको सरकारी कर्मचारीको बीमा सेवा संस्थानलाई हस्तान्तरण भएकोले ३ अर्ब ३८ करोड पनि बीमा शुल्कमा समावेश छ । संस्थानले यस अवधिमा ९५ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
संस्थानले चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको संस्थानको वार्षिक प्रतिशेयर आम्दानी ३४.५८ रुपैयाँ रहेको छ । जगेडा कोष २०.८२ प्रतिशतले बढ्दा ३५ करोड ७७ लाख रुपैयाँ सञ्चित रहँदा छ । संस्थानको वार्षिक प्रतिशेयर नेटवर्थ २९७.६५ रुपैयाँ छ ।
संस्थानले लगानी कर्जा तथा अन्य आयबाट ७६ करोड ३० लाख ८७ हजार रुपैयाँ र बीमालेख धितोमा १ अर्ब ४८ करोड २० लाख लगानी गरी ९ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
राष्ट्रिय बीमा संस्थान नेप्सेमा सूचीकृत छैन । संस्थानबाटै छुट्टिएको राष्ट्रिय बीमा कम्पनी भने सूचीकृत छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया