नेप्सेमा २ वटा कम्पनीको १३ लाख भन्दा बढी बोनस शेयर सूचीकृत भएको छ ।
ङादी ग्रुप पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको छ ।
स्टकका अनुसार ङादी ग्रुप पावर (NGPL) को चुक्ता पूँजीको २० प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) को ३.८० प्रतिशत बोनस बापतको शेयर धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री हुन सक्नेगरी शुक्रबार सूचीकृत भएको हो ।
ङादी ग्रुप पावरको ११ लाख ७८ हजार २२१ कित्ता बोनस र ग्रीन डेभलपमेन्ट बैंकको १ लाख ९० हजार कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया