तेह्रथुम पावरको खुद नाफा १ करोड १८ लाख

0
Shares

तेह्रथुम पावर कम्पनी (TPC) ले चालू आवको पहिलो त्रैमासिक अर्थात साउनदेखि असोज मसान्तसम्ममा १ करोड १८ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा कम्पनी ८६ लाख ७० हजार रुपैयाँ नोक्सानीमा थियो । विद्युत् विक्री आम्दानीमा वृद्धि भएपछि कम्पनी नाफामा गएको हो ।

शुक्रवार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट ४ करोड ७६ लाख ६६ हजार आम्दानी गरेको छ । गत आवको पहिलो त्रैमासमा २ करोड ३० लाख ९ हजार थियो ।

चुक्ता पूँजी ४० करोड रहेको कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष भने ८ करोड ४५ लाख ऋणात्मक रहेको छ ।

कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । यसअघि गत साउन ५ देखि १९ गतेसम्म स्थानीयलाई ४ लाख कित्ता शेयर जारी गरेर २९ गते बाँडफाँड गरेको थियो । आईपीओ निष्काशनअघि कम्पनीको चुक्ता पूँजी २८ करोड रहेको थियो ।

कम्पनीले तेह्रथुम जिल्लामा ७.५० मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ मंसिर २०७८, शुक्रबार  १३ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।