सत्यम शिवम कन्सट्रक्सनका संचालक विरुद्ध राजश्व चुहावटको मुद्दा

-नोटबजार संवाददाता।
काठमाडौं ।
२३मंसिर, २०७८, बिहीबार / Dec 09, 2021 16:35:pm

राजस्व अनुसन्धान विभागले सत्यम शिवम कन्सट्रक्सनका दुई संचालक विरुद्ध राजश्व चुहावटको अभियोगमा मुद्दा दायर गरेको छ।

विभागले १ करोड १ लाख ५२ हजार ३८६ रुपैयाँ माग दावी गर्दै सत्यम शिवम कन्सट्रक्सनका संचालकद्वय रामकुमार प्याकुरेल र संगीता कुमारी झा विरुद्ध उच्च अदालत, पाटन, ललितपुरमा मंसिर २३ गते मुद्दा दायर गरेको हो।

कन्सट्रक्सनले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेत ५० लाख ७६ हजार १९३ रुपैयाँ राजस्व चुहावट गरको जनाएको छ ।

उनीहरु विरुद्ध ५० लाख ७६ हजार १९३ रुपैयाँ विगो कायम गरी विगो असुल तथा विगोको शत प्रतिशत समेत गरेर एक करोड एक लाख ५२ हजार ३८६ रुपैयाँ जरिवाना तथा ३ वर्षसम्म कैद सजायको मागदावी गरी अभियोग पत्र दायर गरेको जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments