तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) को पुस २८ गते कम्पनीको चौथो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको मंसिर २६ गते सम्पन्न बैठकले हार्दिक होटल बागबजार, काठमाडौंमा बिहान ९ बजे सभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित हुनेछ । साथै सभाले रिक्त सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभाका लागि पुस ५ गतेदेखि २८ गतेसम्म सेयरधनीदर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यस आधारमा पुस ४ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
हाइड्रोपावरले गत भदौ ९ देखि १३ गतेसम्म सर्वसाधारणलाई ८ लाख कित्ता सेयर जारी गरेर २५ गते बाँडफाँड गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया