मुक्तिनाथ विकास बैंकको १४ औँ वार्षिक उत्सव सम्पन्न

0
Shares

मुक्तिनाथ विकास बैंक (MNBBL) ले विभिन्न कार्यक्रम गरी १४ औँ वार्षिकउत्सव सम्पन्न गरेको छ । बैंकले स्थापना दिनको अवसरमा क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको हो ।

बैंकले विभिन्न स्थानमा रहेका ६ अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग गरेको छ ।

त्यस्तै विभिन्न ठाउँहरुमा डस्वीन वितरण, एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका वडा नं. १, महानगरीय प्रहरी वृत्त कमलपोखरी अगाडिको सडक पेटी वाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैचा निर्माणमा सहयोग गरेको हो ।

साथै, बैंकले यसै उपलक्ष्यमा कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेविट कार्ड संचालनमा ल्याएको छ । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले पिओएस टरमिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको नियम अनुसार नै दुई हजार रुपैयाँसम्मको भुक्तानीलाई बिना पिन कन्ट्याक्टलेस कार्ड मार्फत पिओएस टरमिनल मार्फत भुक्तानी गर्न सकिनेछ ।

मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा गर्ने आदि जस्ता सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको बैंकको प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

मुक्तिनाथ विकास बैंक २०६३ साल पुस १९ गते १ करोड ३० लाख चुक्ता पूँजीमा बैंक सञ्चालनमा आएको थियो । सुरुवातमा कास्की, स्याङ्गजा र तनहूँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिएको बैंकको स्याङ्गजा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना भएको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।