प्रभु लाइफको तल्लो रेञ्जमा कारोबार खुल्दा शेयर खरीद बिक्रीमा कठिनाई

0
Shares

शेयर बजारमा ऐतिहासिक उचाई कायम भइरहँदा आइतबारबाट धितोपत्रको दोस्रो बजारमा पहिलो कारोबार खुलेको प्रभू लाईफको शेयर कारोबारमा कठिनाई देखिएको छ ।

अधिकतम रेञ्ज (३२८ रुपैयाँ) मा पहिलो कारोबार खुल्ने आम अपेक्षा विपरित कम्पनीको हिजो आइतबार कारोबार तल्लो रेञ्जभन्दा केही माथि (१३७ रुपैयाँमा) मात्र कारोबार खुलेपछि कम्पनीको शेयर कारोबार हुन कठिनाई देखिएको हो ।

नेप्सेले कम्पनीलाई न्यूनतम १०९.५६ रुपैयाँदेखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ३२८.६८ रुपैयाँसम्मको पहिलो कारोबार रेञ्ज प्रदान गरेको थियो । तर कम्पनीके भने १३७ रुपैयाँमा मात्र पहिलो कारोबार खुलेको थियो ।

अन्य जलविद्युतको कम्पनीहरुको शेयर समेत माथिल्लो कारोबार रेञ्जमा खुला हुँदै आइरहेको समयमा यस कम्पनीको भने चलाखिपूर्ण तरिकाले आइतबार स्पेशल प्रि ओपनिङ्ग सेसनमा नै तल्लो कारोबार रेञ्जबाट मात्र कारोबार गराइयो । तल्लो रेञ्जमा कारोबार खुलेपछि आईपीओ पाएका लगानीकर्ताले शेयर बिक्री गर्न चाहेनन् । बिक्री गर्ने नभेटिँदा खरीद कर्ता भने उच्च देखिएका छन् ।

पहिलो दिन मुस्किलले १० कित्ताका दरले १२ वटा कारोबारबाट १२० कित्ता शेयर कारोबार भएको कम्पनीको दोस्रो दिन सोमबार शेयर कारोबार खुलेको दुई घण्टामा १० कित्ता शेयर २ प्रतिशत मूल्य बढेर प्रतिकित्ता १४३ रुपैयाँका दरले कारोबारमा आएको छ । ब्रोकर नम्बर १० बाट बिक्री भई ५२ ले उक्त शेयर खरीद गरेको छ । कम्पनीको नेप्सेमा पिएलआई कारोबार संकेतमा कारोबार हुँदै आएको छ ।

कम्पनीको शेयर बिक्रीकर्ता शुन्यजस्तै रहँदा कम्पनीको शेयरमा भने उच्च आकर्षण रहेको छ । यस अवधिमा कम्पनीको शेयर खरीदका लागि किन्न मिल्ने माथिल्लो रकम अर्थात प्रतिकित्ता १४५ का दरमा समाचार तयार पार्दासम्म ३९१ वटा अर्डर मार्फत ९१ हजार ५८४ कित्ता शेयरको खरीद माग देखिएको छ ।

आइतबारबाट दोस्रो बजारमा प्रवेश गरेको यो कम्पनीको शेयर अत्यधिक खरीद चाप छ । कम्पनीमा कुल ८ हजार १५७ वटा अर्डर मार्फत २३ लाख ४२ हजार १६९ कित्ता शेयरको माग नेप्सेको वेवसाइमा रहेको मार्के डेप्थमा देख्न सकिन्छ । तल्लो कारोबार रेञ्जमा खुलेकाले नै इन्स्योरेन्सको आईपीओ सूचीकृत भए पनि दोस्रो बजारमा अपेक्षित कारोबार हुन सकेको छैन ।

अन्य जीबन बीमा कम्पनीहरुको शेयरमूल्य ६०० रुपैयाँभन्दा माथि रहँदा यो कम्पनीको पनि सोही रेञ्जमा पुग्ने आम अपेक्षा लगानीकर्तामा छ । सोही कारण सस्तो दाममा आईपीऋो पाएका लगानीकर्ताले शेयर बिक्री गर्न नचाहँदा शेयरको मूल्य माथि जान सकेको छैन ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३।३ लाख गरी ६ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीको आईपीओ ५ लाख ४० हजार आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।