एनएलजी इन्स्योरेन्सको सञ्चालकको राजीनामा स्वीकृत

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) ले सञ्चालक समितिका सदस्य मन बहादुर राईको राजीनामा स्वीकृत गरेको छ ।

कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको ३१५ औँ बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको इन्स्योरेन्सका कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए ।

राईले व्यक्तिगत घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा पुस १९ गतेदेखि लागू हुने गरी कम्पनीले स्वीकृत गरेको इन्स्योरेन्सले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।