बैंक अफ काठमाण्डूका खातावालाले साक्को रिसोर्टमा छुट पाउने


बैंक अफ काठमाण्डू लिमिटेड र साक्को रिसोर्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले साक्को रिसोर्टमा १० प्रतिशत छुट पाउने छन् ।

साक्को रिसोर्टले काठमाण्डौं जिल्लाको साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकको साँखु शाखाका प्रबन्धक बैकुण्ठ कुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्त लाल श्रेष्ठूूले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।