पाँच दिनमा थप २ हजार बढीले बुझे कोरोना बीमाको रकम, २७ करोड भुक्तानी

0
Shares

पछिल्लो समय बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियालाई तीब्रता दिँदै गएको छ । अर्थमन्त्रालयको निर्देशन पश्चात बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियालाई छरितो बनाएको हो ।

निर्जीबन बीमा कम्पनीहरुले पछिल्लो पाँच दिनमा मात्रै कोरोना बीमा वापत २ हजार २७३ जनालाई २७ करोड २० लाख ५० हजार रुपैयाँ भुक्तानी गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको पुस २० गते सोमबारसम्मको तथ्यांअनुसार कुल २० हजार ७७५ जना बीमितले २ अर्ब ०२ करोड ०१ लाख रुपैयाँ भुक्तानी पाएका छन् ।

समितिको पुस १५ गतेसम्मको तथ्यांकअनुसार बीमा कम्पनीहरुले १८ हजार ५०२ दावी वापत एक अर्ब ८० करोड २८ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेका थिए ।

पुस २० गतेसम्म निर्जीवन बीमा कम्पनीहरुमा  कोरोना बीमा दाबीका लागि ४१ हजार १४७ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका २ हजार ५१२ वटा फाइल सम्बन्धित कम्पनी मै फिर्ता भएका छन् । तीन हजार ६७८ दावीका फाईल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार ७ हजार २५४ दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् । भने २३ वटा दावीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

यसैगरी, १६० वटा दावी प्रन्ध दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ६ हजार ७७५ दावीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।