नयाँ सोचलाई व्यवसायमा रुपान्तरण गर्न के कुराको महत्व हुन्छ ? यो भिडियो, जसले दर्शाउनेछ महत्व


कुनै नयाँ काम गर्ने सोच मनमा भए पनि विभिन्न कारणले त्यस्ता सोचहरु सोचमै सीमित रहन्छन् । व्यवसायिक सोचको अभाव अनि पर्याप्त मार्गनिर्देशको अभावमा पनि व्यवसाय सफल हुने सोच अनि योजनाहरु अलपत्र परिरहेका हुन्छन् ।

पछिल्ला केही दिन यता सामाजिक सञ्जालमा एउटा भिडियो यस्तै विषयलाई लिएर चर्चामा छ । परिवारमा आमा र छोरी मात्र रहेको अवस्थामा आमाले छोरीको आधुनिक सोचलाई बुझ्न सकिरहेकी हुन्न् ।

छोरीका कृयालापलाई वास्ता नगर्ने आमाले छोरीको सोचको भिडियोले सामाजिक सञ्जालमा पाएको चर्चाको विषयमा अरुले कुरा गरेको कुनै एउटा रेष्टुरेण्टमा आफैंले सुन्छिन् । अनि मात्र उनलाई आफ्नी छोरीको श्रृजनशीलताको महत्व बुझ्छिन् ।

अर्थात आफ्नै आँखाले देखेको छोरा छोरीको प्रतिभालाई चर्चा भए पछि मात्र बाबु आमाले पनि आत्मसाथ गर्छन् भन्ने सन्देश भिडियोमा छ ।

सामान्य अवस्थामा मोटोपना भएकी छोरीलाई खाना धेरै खाने गरेको सन्दर्भ पारेर जिस्काइरहने आमाले छोरी आफैंले खाने कुराहरु बनाउँदै चाख्दै अझै परिस्कृत स्वाद किन खोजी रहेकी छन् भन्ने कुरा पनि अरुले गरेको कुराकानीबाट मात्र बुझ्छिन् ।

रेष्टुरेण्टमा अरुले आफ्नी छोरीको कामको विषयलाई लिएर गरेको कुराकानी पछि मात्र इन्स्टाग्राम अनि युट्युबमा छोरीले समय बिताउँदाको महत्वका बारेमा जानकार हुन्छिन् ।

खासमा उनकी छोरी खानाको पारखी हुनुको एउटै उद्धेश्य हुन्छ कि कसरी अरुले मनपराउने स्वादका परिकार बनाएर त्यसलाई समाजमा पुर्याउने ? यसै क्रममा भिडियो बनाउँदै सामाजिक सञ्जालमा पोष्ट गर्ने उनको दैनिकी हुने गरेको थियो । आमाले छोरीको यो सोच बुझे पछि बैंकबाट ऋण काढेर छोरीको नाममा एउटा रेष्टुरेण्ट किन्छिन् र छोरीलाई सरप्राइज उपहार दिन्छिन् ।

सिटिजन्स बैंकले नयाँ सोचमा सिटिजन्स बैंकले साथ दिन्छ भन्ने सन्देश सहित बनाएको उक्त भिडियो भावनात्मक भएका कारण नै चर्चामा छ । छोरीका लागि आमाले सिटिजन्स बैंकबाट कर्जा लिएर छोरीको नयाँ सोचलाई मूर्त रुप दिएको देखाइएको छ ।

सिटिजन्स बैंकले बनाएको यो भिडियो हेर्नेले एक पटक आफुमा लुकेर बसेको व्यवसायिक क्षमताको पहिचान पनि गर्न सक्नेछन् ।

‘सपनाको कुनै आकार हुँदैन, खुसीको कुनै सीमा हुँदैन, त्यसैले तपाईं आँट मात्रै गर्नुहोस्, सहयोग गर्नलाई हामी छौं, सिटिजन्स बैंक, तपाईंको प्रगतिको सहयात्री’ भिडियोको अन्तिममा बैंकले आफ्नो व्यवसायिक सन्देश प्रवाह गरेको छ ।

अंग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन बैंकले आफ्नो फेसबुक पेजमा पोष्ट गरेको भिडियो यस्तो छः-