फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

0
Shares

फरवार्ड माइक्रोफाइनान्स (FOWAD) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको पुस २२ गते सम्पन्न ९९ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६.५८ प्रतिशत नगद गरि कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ५० करोड ४ लाख १५ हजार ४०० रुपैयाँ रहेको छ । प्रस्तावित १२ करोड ५१ लाख ३ हजार ८५० रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।