मुक्तिनाथ विकास बैंकले पारित गर्यो लाभांश प्रस्ताव


मुक्तिनाथ विकास बैंकले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । शनिबार पोखरामा सम्पन्न बैंकको चौधौं साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को कमाईबाट शेयरधनीलाई ४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस शेयर सहित १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै बैंकको साधारण सभाले गत आर्थिक वर्षको आर्षिक प्रतिवेदन, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकालका साथै सञ्चालकहरु एपस्थित भएको साधारण सभामा भर्चुअल माध्यमबाट पनि शेयरधनीहरु सहभागि भएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।