सोम प्रसाद धितालको नेतृत्वमा नेपाल विज्ञापन संघ (आन) मा नयाँ नेतृत्व


नेपाल विज्ञापन संघको २१ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।

संघको २१ औं बार्षिक साधारण सभाले संघको १०औं कार्यसमितिको चयन गरेको हो । आगामि ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । धिताल अध्यक्ष रहेको नयाँ कार्यसमितिमा नारायण कुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष छन् । त्यसै गरि सुदिप थापा प्रथम उपाध्यक्ष, पिताम्बर पाखरेल द्धितिय उपाध्यक्ष, कृष्ण प्रसाद घिमिरे महासचिव, पंकजलाल प्रधान कोषध्यक्ष, सन्तोष खड्का सचिव र जिवन पाखरेल सहकोषध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसै गरी सदस्यहरुमा साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोखरेल, कृष्ण मुरारी लामिछाने र बिधान राजभण्डारी निर्वाचित भएका छन् ।

कार्यक्रमको अध्यक्षता गर्दै संघका अध्यक्ष रबिन्द्र कुमार रिजाल “शशि” ले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको बारेमा सभालाई जानकारी गराउदै समस्या समाधानमा विशेष पहल गरिदिनु सरकारसँग आग्रह गरेका थिए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताएका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन वोर्डमा विज्ञापन संघको प्रतिनिधित्वि गराइने भन्दै यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।