नेपाल सुनचाँदी ब्यवसायी महासंघमा माणिकरत्न शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत


नेपाल सुनचाँदी ब्यवसायी महासंघको शुक्रबारदेखि शुरु भएको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । महाअधिवेशनवाट महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका छन् ।

साधारणसभावाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भएका छन् । यस्तै एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित भएका छन् भने महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्मा निर्वाचित भएका छन् । प्रवक्तामा मनोज कुमार शाह निर्वाचित भएका छन् भने सह कोषध्यक्षमा पद्मशुन्दर शाक्य निर्वाचित भएका छन् ।

महासंघको विधानमा ५५ सदस्यिय कार्यसमिति रहने ब्यवस्थ्ता भए अहनुरुप सवै पदमा निर्विरोध भएको महासंघले जनाएको छ । साधारणसभाले विधान संशोधन गरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न ब्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गरेको छ । जस अनुसार प्रश्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गा वहादुर सुनार, महेन्द्र रत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहेका छन् । यस्तै प्रस्तावित सचिवमा केश वहादुर सुनार तथा प्रश्तावित सहकोषध्यक्षमा रमेश रसाइली रहेका छन् । नयाँ व्यवस्था अनुरुप अब महासंघमा ७७ जनाको कार्यसमिति रहने छ ।

महाअधिवेशनको पहिलो दिन शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरेका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फाल्गुण २० गते विधिवत रुपमा दर्ता भएको नेपाल भरिका सुनचाँदी ब्यवसायीहरुको छाता संगठन हो । मुलुकको संघीय संरचना अनुरुप सातै वटा प्रदेशमा प्रदेश महासंघका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला/नगर संघको अलावा एशोसिएट सदस्यहरु तथा वस्तुगत संघहरु महासंघमा आवद्ध छन ।

साधारणसभाका अवसरमा सञ्चारकर्मीहरु मधुजंग पाण्डे, नबीन दुङ्गाना र नारायणी लामिछानेलाई सम्मान गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।