छ्याङदी हाइड्रोपावरले ३०% हकप्रद शेयर जारी गर्ने, लाभांश पारित

0
Shares

छ्याङदी हाइड्रोपावर लिमिटेड (CHL) को ७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस शेयरको कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरी ५.२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको १० बराबर ३ कित्ताको अनुपात ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन भएको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा।नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।