एभरेष्ट बैंकद्वारा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू

0
Shares

एभरेष्ट बैंक (EBL) ले फोन पे सँगको प्राविधिक सहकार्यबाट पुस २८ गतेदेखि महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ ।

एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो ।

यस प्रणालीको सुरुवातसँगै कोभिड(१९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रियाको अन्त्य गर्ने भएको छ । बैंकका व्यवस्थापकहरुका अनुसार यस विधुतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ ।

प्रणाली सुरु समरोहमा मधु कुमार मरासानी (महालेखा नियन्त्रक, नेपाल सरकार), विनोद बहादुर कुँवर (महानिर्देशक, आन्तरिक राजस्व विभाग), दिवस कुमार सापकोटा (प्रमुख प्राविधिक अधिकृत) का साथै फोन पे र बैंकका वरिष्ठ अधिकारीहरु पनि उपस्थिति रहेको थियो ।

बैंकले देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय , १३२ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । बैंकका ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेको बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।