छोराछोरीको लागि बीमा योजना खरिद गर्दै हुनुहुन्छ ? हेर्नुहोस् १८ बीमा कम्पनीका योजना

0
Shares

हरेक अभिभावकले आफ्ना सन्तानको उज्जवल भविष्यको कामना गर्दछन् । सन्तानको सुन्दर भविष्यका लागि अभिभावक हरपल तत्पर रहन्छन् । छोराछोरीको उज्जवल भविष्यको कामना गर्ने अभिभावकले बीमा योजना खरिद गर्न सक्छन् ।

बालबालिकाको उच्च शिक्षाका लागि बीमा योजनाले सहयोग पुर्याँउछ । बालबालिकाको उच्च शिक्षामा सहयोग पुग्ने गरी जीवन बीमा कम्पनीहरूले विभिन्न बीमा योजना सञ्चालनमा ल्याएका छन् ।

जीवन बीमा कम्पनीहरुले बालबालिक लक्षित विभिन्न खालका बीमा योजनाहरु बिक्रि गर्दै आएका छन् । यस्ता छन् १८ जीवन बीमा कम्पनीले सञ्चालनमा ल्याएका बालबालिका लक्षित बीमा योजना ः

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी जीवन बीमा योजना बिक्री गर्दै आईरहेको छ । यस्तै कम्पनीले बालबालिका लक्षित बीमा योजना बाल शिक्षा बीमा योजना पनि बिक्री गर्दै आएको छ ।

केटाकेटी जीवन बीमा योजना भर्खर जन्मेको बालबालिकादेखि ११ वर्षसम्मका लागि यो बीमा गर्न सकिन्छ  । बीमा कम्तीमा पनि १ लाख र बढीमा ५० लाखसम्मको गर्न सकिन्छ । बीमित १९ वर्ष पुगेपछि बीमा परिपक्व हुन्छ । यस योजनामा कर्जा र दुर्घटना लाभ भने उपलब्ध छैन । बीमा शुल्क वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा पनि भुक्तानी गर्न सकिन्छ ।

बालशिक्षा योजना भर्खरै जन्मेको बच्चादेखि १८ वर्षसम्मको बालबालिकाको लागि यो जीवन बीमा खरिद उपयुक्त हुन्छ । यसका साथै यो योजनामा एकै बीमालेखमा बच्चा तथा प्रस्तावक बाबु वा आमा दुई जनाको जीबन बीमा हुने बीमा समाप्तिमा प्राप्त रकम आफ्नो छोरा छोरीको उच्च शिक्षा तथा सामाजिक कार्यमा प्रयोग गर्न सकिन्छ ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकाका लक्षित बीमा योजना बिक्री गर्दै आएको छ । इन्स्योरेन्सले सूर्या संरक्षित (सावधिक) जीवन बीमा योजना बिक्री गर्दै आएको छ । यस बीमा योजनामा भर्खरै जन्मेको बच्चादेखि १५ वर्षसमम्मको बच्चाको बीमा गर्न सकिन्छ । तर, बीमितको उमेर ६ वर्ष पुगेमा वा बीमा प्रारम्भ मितिबाट २ वर्षको बीमाशुल्क भुक्तानी गरी अवधि पूरा भएको अवस्थामा जुन घटना पछि हुन्छ, सो अवधिदेखि जोखिम प्रारम्भ हुन्छ  ।

राष्ट्रिय बीमा संस्थान

राष्ट्रिय बीमा संस्थानमा बालबच्चालाई लक्षित गर्दै वात्सल्य जीवन बीमा र बाल उमंग बीमा योजना सञ्चालनमा रहेको छ । भर्खरै जन्मेका बच्चादेखि ८ वर्षसम्मका बालबालिका यस योजनामा समावेश हुन सक्नेछन्  । यो योजनाअन्तर्गत १ लाखदेखि ५ लाख रुपैयाँसम्मको बीमा गर्न सकिन्छ  । बीमाशुल्क तिर्ने अवधि न्यूनतम ८ वर्ष र अधिकतम १६ वर्षे हुन्छ भने भुक्तानी अवधि मिति २२ वर्षमा हुन्छ  । १६ वर्ष उमेर पूरा भएपछि प्रत्येक वर्ष बीमांकको २० प्रतिशतका दरले २० वर्ष उमेरसम्ममा शतप्रतिशत बीमांक तथा २२ वर्ष उमेरमा आर्जित बोनस एकमुष्ट प्रदान गरिन्छ ।

बाल उमंग बीमा योजना १ देखि ११ वर्षसम्मका बालबालिकाका लागि योजना खरिद गर्न सकिन्छ । यस योजनाको न्यूनतम अवधि ५ वर्ष र अधिकतम अवधि १५ वर्षसम्मको हुन्छ भने अधिकतम अवधि भुक्तानी उमेर १६ वर्ष हुन्छ । त्यस्तै, १ लाखदेखि प्रस्तावकको आयस्रोत र बीमित–प्रस्तावकको स्वास्थ्य परीक्षणका आधारमा अधिकतम बीमांक रकम कायम गर्न सकिन्छ । तर, २० लाखभन्दा बढी रकमको बीमा गर्दा प्रस्तावकको समेत कम्तीमा समान रकमको बीमा अनिवार्य रूपमा गर्नुपर्छ ।

नेशनल लाईफ इन्स्योरेन्स

नेशनल लाइफ इन्योरेन्स कम्पनीले बाल अमृत सावधिक जीवन बीमा बजारमा ल्याएको छ । बाल अमृत सावधिक जीवन बीमाभर्खर जन्मेको बच्चादेखि १५ वर्षसम्मको बच्चाका लागि यो बीमा गर्न सकिन्छ  । तर, बीमा गरेको दुई वर्षपछि वा बीमितको ६ वर्ष उमेर पुगे पछि जोखिम प्रारम्भ हुनेछ । कम्तीमा ५० हजार र धेरैमा २५ लाखसम्मको बीमा गर्न सकिनेछ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन

लाइफ इन्स्योरेन्स कर्पोरेशनले सावधिक जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले बाल सावधिक जीवन बिमा योजना बिक्रि गर्दै आईरहेको छ । यस योजनामा १ देखि १० वर्षसम्मका बालबालिका सहभागी हुन सक्छन् । न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाखसम्मको बीमा गर्न सकिन्छ । यस बीमा योजनाको अर्को विशेषता बीमा गरिएको दुई वर्षपछि ऋण समेत लिन सकिन्छ ।
यस बीमा योजनाअन्तर्गत ५० वर्ष उमेरसम्मको प्रस्तावकले अतिरिक्त प्रिमियम शुल्क भुक्तान गरी बिमा शुल्क मिनाहा लाभ लिन सक्छन् ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सको बालउमंग सावधिक जीवन बीमा, भविष्य सावधिक जीवन बीमा बालबालिका सम्बन्धी इन्डोमेन्ट र एस्योरेन्स पोलिसिको बिक्री गर्दै आएको छ । एसियन चाइल्ड इन्डोमेण्ट योजनमा जन्मेदेखि १० वर्ष उमेरसम्मका बालबालिकाको बीमा गर्न सकिन्छ ।
यो बीमा योजनाको अधिकतम बीमा अवधि १८ वर्ष छ । बीमाङ्क रकम भने ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म छ ।

आइएमइ लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आइएमई बाल उज्जवल सावधिक भर्खरै जन्मे देखि अधिकतम १५ वर्षसम्मको बच्चाको लागी यो बीमा योजना खरिद गर्न सकिनेछ । प्रस्तावको उमेर न्युनतम १७ वर्ष र अधिकतम ६५ वर्ष निर्धारण गरिएको छ ।

न्युनतम बीमा अवधि १० वर्ष तोकिएको छ भने अधिकतम ३० वर्षसम्मको रहेको छ । बीमितको न्युनतम परिपक्वता उमेर १६ वर्ष तोकिएको छ भने अधिकतम परिपक्वता उमेर ३० वर्ष रहेको छ ।

युनियन लाइफ

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका लक्षित बीमा योजनाअन्र्तगत चाइल्ड इन्डोमेण्ट प्लानरिक्स कमेन्समेन्ट योजना बिक्रि गर्दै आईरहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइ फइन्स्योरेन्स कम्पनीले बालबालिका लक्षित बीमा योजना रिलायन्स चाइल्ड इसुरेन्स प्लान मेरो मुटु सञ्चालन गर्दै आईरहेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका लक्षित बीमा योजना रिलायबल उच्च शिक्षा जीवन बीमा योजना बिक्रि गर्दै आएको छ । यस जीवन बीमा योजना अधिकतम १५ वर्षसम्म उमेर भएका बालबालिकका लागि खरीद गर्न सकिनेछ ।

भर्खर जम्मेको बालबालिकादेखि १५ वर्षसम्मका लागि यो योजना लिन सकिन्छ । यस बीमा योजनामा जोखिम बीमा सुरु भएको २ वर्षपछि वा बिमितको उमेर ६ वर्ष पुगेपछि मात्रै सुरु हुनेछ । बीमा रकम कम्तीमा ५० हजार र अधिकतम प्रस्तावको आयमाआधारित हुन्छ । अधिकतम बीमा अवधि २५ वर्ष र अधिकत मबीमा समाप्ति उमेर २५ वर्षको हुुन्छ ।

सानिमा लाइफ इन्स्योरेन्सको सानिमा बाल सौगात जीवन बीमा

सानिमा इन्स्योरेन्स कम्पनीले बाल सौगात बीमा योजना सञ्चालनमा ल्याएको छ । यस बीमा योजना खरिद गर्नका लागी बालबालिका न्यूनतम ३ वर्ष उमेर पुगेको हुनुपर्नेछ । यसको लागि अधिकतम बीमा गर्ने उमेर ११ बर्ष तोकिएको छ । यस बीमा योजनाको अवधी अधिकतम १० वर्ष र अधिकतम २१ वर्ष कायम गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको जीवन उन्नती पोलिसि

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको बालबालिका लक्षित बीमा योजना सञ्चालनमा रहेको छ । यस्तै, कम्पनीको चाइल्ड इन्डोमेण्ड प्लान जीवनकिरण पनि सञ्चालनमा रहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘बाल भविष्य जीवन बीमा’ल्याएको छ । यस योजनामा कम्तीमा ५० हजारदेखी बढीमा ५० लाखसम्मका लागि पोलिसी खरिद पाइन्छ । १५ वर्ष सम्मका बालबालिका यस योजनामा प्रवेश गर्न पाउने छन् ।

ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले बालबालिका लक्षित बीमा योजना चाइल्ड इन्डोमेण्ड प्लान नामक पोलिसि बिक्रि गर्दै आईरहेको छ ।

गुँरास लाइफ इन्स्योरेन्स

१५ उमेर सम्मका बालबालिकाहरुको उमेरको आधारमा निजको उमेर १६ वा २० वर्ष पूरा भए पछि बीमाकं रकम र बोनस रकम एकमुष्ट प्राप्त गर्ने गरी यस बीमा योजना लिन सकिन्छ ।

यस बीमा योजनामा सहभागी हुन्का लागि न्यूनतम ५० हजारदेखि अधिकतम २० लाख रुपैयाँ सम्म बीमांक रकम बुझाउनु पर्दछ । बार्षिक, अर्धवार्षिक, त्रैमासिक रुपमा बीमितले बीमाशूल्क भुक्तानी गर्नु पर्ने हुन्छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका लक्षित बीमा योजना बाल समृद्धि बीमा योजना बिक्रि गर्दै आएको छ । भर्खरै जन्मेका बच्चा देखि १५ वर्ष उमेर समुहका बालबालिका यस बीमा योजनामा सरिक हुन सक्नेछन् ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा बालबालिका लक्षित बीमा योजना इन्डोमेण्ट जीवन किरण जीवन बीमा योजना रहेको छ । साथै कम्पनीको जीवनउन्नति (चाइल्ड मनि ब्याक प्लान पनि सञ्चालनमा रहेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्स्योरेन्स कम्पनीले जीवन हेरचाह बीमा योजनामार्फत बाबालिका लक्षित बीमा योजना बिक्रि गर्दै आएको छ ।

केटाकेटी र सन्तानको सुरक्षित भविष्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक (अभिभावक) को मृत्यु भएमा इच्छाईएको व्यक्तिलाई बीमांक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिनेछ ।

बीमांक रकम भुक्तानी पछि पनि बीमाले निरन्तरता पाउदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन तीन महिनामा बीमांक रकमको २.५ प्रतिशत बाँकी जीवन निर्वाह भत्ता (पेन्सन) को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमाशुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पूनःबीमांक रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।