आईपीओ निष्काशन गर्न सामलिङ्ग पावरले गरायो रेटिङ

0
Shares

साधारण शेयर (आईपीओ) निष्काशन प्रकृयामा रहेको सामलिङ्ग पावर कम्पनी लिमिटेडले रेटिङ सम्पन्न गरेको छ ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार सार्वजनिक निष्काशन गर्नुपूर्व क्रेडिट रेटिङ कम्पनी इक्रा नेपाल मार्फत रेटिङ गराएको हो ।

इक्रा नेपालले कम्पनीको आइपिओलाई ‘इक्रा एनपि डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सामलिङ्ग पावरले प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो । जसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत निष्काशित शेयरको प्रत्याभूति गराएको छ ।

आईपिओ निष्काशन गर्न नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा चयन गरिसकेको छ ।

उर्जा डेभलपर्स प्राइभेट लिमिटेडको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेड कम्पनीले इलाममा माईबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।