गुराँस लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरणमा ५०% छुट पाइने

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ५० प्रतिशत छुट दिने भएको छ ।

इन्स्योरेन्सले कम्पनीबाट जारी भएका बीमालेखअन्र्तगत भुक्तानी गर्नु पर्ने बीमाशुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएका सम्पूर्ण बीमालेखहरु पुर्नजागरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा ५० प्रतिशत छुट दिने भएको हो ।

इन्स्योरेन्सको यो छुट सुविधा माघ ४ गतेदेखि माघ २८ गतेसम्म लागु हुने छ । सन् २०२१ मा परिपक्व हुने बीमालेखहरुमा यो सुविधा छुट नहुने समेत इन्स्योरेन्सले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।