आइएमई जनरल इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI) ले अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।

इन्स्योरेन्सले माघ ११ गतेदेखि १४ गतेसम्म कृषि बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको हो । तालिम अनलाइन माध्यमबाट सञ्चालन हुनेछ ।

तालिममा सहभागी हुन चाहाने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ३ प्रति, स्थायी लेखा नम्बर पेश गर्नुपर्ने छ ।

साथै, एसएलसी वा सो सरहको परीक्षा उत्तिर्ण गरी कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तिमा एक वर्षको तालिम प्राप्त वा कृषि, पशु विज्ञानमा सो भन्दा माथिल्लो योग्यता प्राप्त भएको प्रमाणपत्र प्रतिलिपी समेत पेश गर्नुपर्ने छ ।

तालिम दस्तुर एक हजार रुपैयाँ लाग्नेछ । तालिम सम्बन्धी विस्तृत विवरण इमेल वा फोनमार्फत जनाकारी गराईने इन्स्योरेन्सले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।