तपाईको शेयर भएको कम्पनीको शेयर सम्बन्धि सबै काम कहाँबाट हुन्छ ? सूची हेर्नुहोस्


नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुको शेयर सम्बन्धि सबै काम रजिष्ट्रार टू शेयर (आरटीएस) वा रष्ट्रिार एण्ड ट्रान्सफर एजेण्ट (आरटीए) ले गर्ने गरेका छन् । कुनै पनि कम्पनीका शेयरधनीले शेयर सम्बन्धि काम तथा जानकारीका लागि आरटीएस तथा आरटीएमा सम्पर्क गर्नु पर्ने हुन्छ ।

हाल केन्द्रिय निक्षेप प्रणाली (सिडिएस) मा ४० वटा आरटीए दर्ता भएकोमा मर्जर तथा विलयका कारण संख्या ३८ मा सिमित भएको छ । उल्लेखित आरटीएहरुले नै अहिले सबै सूचीकृत कम्पनीहरुको शेयर सम्बन्धि काम गर्दै आएका छन् ।

एनआईबिएल एस क्यापिटलले सबैभन्दा धेरै अर्थात ३५ वटा सूचीकृत कम्पनीहरुको शेयर सम्बन्धि काम गर्दै आएको छ । तत्कालिन एनआईबिएल क्यापिटलतर्फ २९ र एस क्यापिटलतर्फको ६ कम्पनी गरेर एनआईबिएलले ३५ कम्पनीको काम गर्दै आएको हो । सिटी एक्सप्रेस फाइनान्स नेपाल इन्भेष्टमेण्ट बैंकमा विलय भएका कारण फाइनान्सले गर्दै आएको आफ्नो आरटीएको काम अब इन्भेष्टमेण्ट बैंकको काम गर्दै आएको एनआईबिएल एस क्यापिटलले नै हेर्नेछ ।

दोस्रो धेरै कम्पनी अर्थात १९ कम्पनीको शेयर सम्बन्धि काम ग्लोबल आईएमई क्यापिटलले गर्दै आएको छ । हाल साधारण शेयर निष्काशन गरेका चन्द्रागिरी हिल्सको आरटीएको काम पनि ग्लोबल आईएमई क्यापिटलले गर्नेछ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर सम्बन्धि काम पनि ग्लोबल आईएमई क्यापिटलले नै गर्ने सम्झौता भईसकेको छ । यस आधारमा अब ग्लोबल आईएमई क्यापिटलले २१ कम्पनीको आरटीएको काम गर्नेछ ।

एनएमबि क्यापिटलले १८, सिद्धार्थ क्यापिटलले १६ कम्पनीको आरटीएको काम गर्दै आएका छन् । सनराइज क्यापिटलले १४ र नबिल इन्भेष्टमेण्ट बैंकिङले ११ कम्पनीको आरटीएको काम गर्दै आईरहेका छन् । प्रभु क्यापिटलले १० कम्पनीको आरटीएको काम गर्दै आएको छ ।

कुन क्यापिटलले कति कम्पनीको आरटीए हेर्छन ? सूची यस्तो छ ।

कुन कम्पनीको शेयर सम्बन्धि कामका लागि कुन आरटीएमा जाने ? सूची यस्तो छ ।

एनआईबिएल एस क्यापिटल

ग्लोबल आईएमई क्यापिटल

एनएमबी क्यापिटल

सिद्धार्थ क्यापिटल

सनराइज क्यापिटल

नबिल इन्भेष्टमेण्ट बैंकिङ

प्रभु क्यापिटल

२ देखि ९ कम्पनीको आरटीए सेवा दिने मर्चेण्ट बैंकहरु

आफैंले आरटीए सेवा दिँदै आएका कम्पनीहरु (१ मात्र आरटीए)

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।