सिटिजन्स बैंकको नाफा कोरोना कहरकाबीच पनि २७ प्रतिशतले बढ्यो

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद नाफामा २७ प्रतिशत धेरैको सुधार देखिएको छ । विश्व महामारी कोरोना भाइरस संक्रमणका कारण व्यवसाय प्रभावित हुँदा समेत बैंकको नाफामा आकर्षक सुधार सम्भव भएको हो ।

बैंकले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ८७ करोड ५१ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यहि अवधिमा बैंकले ६८ करोड ७७ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ८४ करोड ८० लाख रुपैयाँ रहेको छ । बैंकको दोस्रो त्रैमाससम्म आर्जन नाफाका आधारमा यसबाट बैंकले शेयरधनीलाई ८.६४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

बैंकको खुद ब्याज आम्दानी, फि कमिशन, नेट ट्रेडिङ्ग इन्कम र अन्य सञ्चालन आम्दानी सबैमा आएको वृद्धिले बैंकको खुद नाफामा उत्कष्ट सुधार भएको हो । मर्जर प्राप्तीको क्रममा बैंकले साना विकास बैंकलाई समेत आफुमा विलिन गराएका कारण बैंकको नाफामा सुधार आएको हो । बैंकको कुशल व्यवस्थापन र नियन्त्रित खर्चप्रणालीले नाफा बढाउन सहयोग गरेका छन् ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कोरोना भाइरसका कारण ऋण असुली प्रभावित हुँदा बैंकको निष्क्रिय कर्जा अनुपात ०.९९ प्रतिशतबाट बढेर २.४२ प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्म बैंकले १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी, १९ करोड ६७ लाख रुपैयाँ नेट ट्रेडिङ्ग इन्कम, ११ करोड ३२ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी र १ अर्ब १६ करोड २० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा क्रमशः १७ करोड ८१ लाख, ८ करोड ६३ लाख, ८ करोड ६८ लाख र २० करोड ६१ लाख रुपैयाँले बढी हो।

चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ ७० लाख ३ हजार रुपैयाँ रहेको यस बैंकको प्रतिशेयर आम्दानी १५.१३ रुपैयाँबाट बढेर १७.८३ रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ र शेयरधनी कोषमा ८७ करोड ६७ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १४३.९५ रुपैयाँ, मूल्य आम्दानी अनपात १६.५५ गुणा, कोषको लागत ६.३८ प्रतिशत, पूँजीकोष अनुपात १३.६९, आधारदर ८.२५ प्रतिशत र सीसीडि अनुपात ७२.९१ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।