उद्यमी बन्न चाहने महिलाहरुलाई लक्षित गर्दै अभिमुखीकरण तालिम आयोजना हुँदै, अनलाइनबाट आवेदन माग


नेपालको औद्योगिक क्षेत्रमा विशेष योगदान पूराउने उद्धेश्यअनुरुप संञ्चालनमा आएको EntrepreneuHER को पहिलो संस्करण जनवरी अन्तिमदेखि सुरु हुने भएको छ । भिजुअल लर्निंङ इनक्युबेसनका साथ जनवारीको अन्तिम सातादेखि कार्यक्रम प्रारम्भ हुने प्रक्रियामा रहेको बताइएको छ । ज्योति विकास बैंक र क्लक बि बिजनेस इनोभेसनको विषेश सहकार्यमा ३१ जनवरी देखि २८ फेबुअरीसम्म काठमाडौँमा प्राबिधिक व्यवस्थापनका साथ आयोजना हुन लागेको हो ।

कार्यक्रम आयोजकका अनुसार उद्यमी र उद्यमी बन्न इच्छुक महिलाहरुलाई सहजता स्वरुप आफ्नो व्यवसाय संञ्चालनमा ल्याउन अथवा चलिरहेको व्यापार व्यवसायलाई अझै व्यवस्थित गर्न टेवा पुग्नेछ । नेपालमा नै सरल र सुलभ ढंगबाट व्यवसाय सञ्चालन गर्ने वातावरण तयार पार्दै क्षमता बिस्तारमा पनि कार्यक्रमले सहयोग गर्ने बताइएको छ । यसका लागि आवश्यक मार्गदर्शन ‘गतिविधिमा आधारित शिक्षा’ मा अभ्यस्त पारिने बताइएको छ ।

EntrepreneuHER कार्यक्रम एक प्रयोगात्मक र नेटवर्कि कार्यक्रम हो, जुन विशेष रूपमा महिला उद्यमीहरू र उद्यमी बन्न चाहने महिलाहरुका लागि डिजाइन गरिएको छ । यस कार्यक्रम मार्फत महिला उद्यमशीलताको विकास गर्दै एकआपसमा उद्यमशीलता सम्बन्धी अन्तरसम्बन्ध कायम गर्न, सल्लाहकार, लगानीकर्ता तथा प्रशिक्षकहरूसँग जोड्न मद्दत मिल्ने अपेक्षा गरिएको छ । EntrepreneuHER द्वारा महिला उद्यमशीलता प्रवर्द्धनको लागि बिना धितो व्यवसायिक कर्जा, सीड फण्डिङ, इक्वीटी, लगानीको अवसर पनि महिलाहरुले पाउने छन् ।

औद्योगिक क्षेत्रलाई उत्साह र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष EntrepreneuHER को सुरुवात भएको हो । यो कार्यक्रम काठमाडौँमा मात्र सिमित नभई नेपालका सातै प्रदेशहरुका लागि खुल्ला गरिएको छ । इच्छुक उद्यमीहरुले अनलाइन आवेदन मार्फत आफ्नो स्थान सुरक्षित गर्नु पर्ने बताइएको छ । “क्लक बि” को वेबसाइट अथवा आधिकारिक फेसबुकमा अनलाइन फारम उपलब्ध हुनेछ ।

EntrepreneuHER मा ३० जना महिलालाई मात्र सहभागि गराइनेछ । यसका लागि विशेष समिति चयन गरी ३० जना महिला छनौट गरिने र सहभागीलाई हप्ता दिनसम्म तालिम दिइने छ । जसले आइडेनटिफिकेसन, आइडीयट, मूल्य प्रस्ताव र यूएसपी, ग्राहक प्रोफाइल, स्रोत व्यवस्थापन, समझदारी लगायत राजस्व र व्यवसाय मोडेल निर्माण लगायत विषय सिकाइनेछ ।

तालिम तथा कार्यशाला पश्चात मेन्टरशीप कार्यक्रम र त्यस पछि कन्क्लेव आयोजना हुने आयोजकले जनाएको छ । उक्त अवसरमा समाजका लागि आवश्यक र धेरैको हीत हुने किसिमका व्यवसायिक अवधारण र सोचलाई पुरस्कृत गरिने बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।