हिमालयन बैंकले सहुलियत दरमा सवारी कर्जा उपलब्ध गराउने


हिमालयन बैंकले इस्टर्न एजेन्सी प्रा. लि. का ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंक र सो कम्पनी बिच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका छन् ।

बैंकले देशभर रहेका ७० शाखाबाट यस्तो कर्जा उपलब्ध गराउने छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।