मोबाइल फोन ब्राण्ड कुलप्याडले नेपाली बजारमा आफ्नो उपस्थिती ससक्त बनाउँदै गएको छ । चिनियाँ ब्राण्ड कुलप्याडले नेपाली बजारमा हालै २ नयाँ मोडलहरु सार्वजनिक गरेको छ ।
नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले शुक्रबार एक कार्यक्रमका बिच कूल १० र कूल एस नामक दुई मोडलका स्मार्टफोनहरु बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको दुबै मोडलहरु युवा ग्राहकहरुका लागि लक्षित गरेर ल्याईएको छ ।
कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले नेपाली बजारमा छोटो समयमा नै कुलप्याडका फोनहरुले बजार लिन सफल भएको र ग्राहकहरुले निकै रुचाएको बताए । ‘कुलप्याडका फोनहरु नयाँ आविश्कारीक र आकर्षक डिजाइनका साथै उच्चस्तरीय फोनहरु भएको कारण युवा पुस्ताले निकै मनपराउनु भएको छ । कुलप्याड अन्तराष्ट्रिय ब्राण्ड भएको हुँदा पनि उच्च गुणस्तरका फोन भित्र्याईरहेका छौं,’ साहले भने ।
नेपाली बजारलाई लक्षित गरेर नयाँ नयाँ मोडलहरु समेत ल्याउने तयारीमा रहेको उनले जानकारी दिए ।
कुलप्याडको कूल १० स्मार्टफोनमा ६.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन रहेको छभने फोनमा फोटोग्राफीको लागि १६ मेगापिक्सेलको मुख्य क्यामरा, ०.३ मेगापिक्सेल प्लस ०.३ मेगापिक्सेलको रियर क्यामरासहित ड्यूल एआई क्यामरा रहेको छ । सेल्फीका लागि ८ मेगापिक्सेलको एआई क्यामरा राखिएको छ ।
फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट र फेस अनलक फिचरहरु रहेका छन् ।
कूल १० स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य १६,५९५ रुपैयाँ तोकिएको छ ।
त्यसैगरि अर्को स्मार्टफोन कूल एस स्मार्टफोनमा ६.५२ इन्चको कर्नर पन्चहोल फूलएचडी प्लस डिस्प्ले डिजाइन रहेको छ भने फोटोग्राफीको लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप रहेको छ ।
फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सेलका साथमा २५ मेगापिक्सेल प्लस २ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको माइक्रो क्यामरा रहेको छ । यसको रियर क्यामराले स्लोमो समेत खिच्न सकिनेछ ।
फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट, फेस अनलक, ब्लूटूथ, यूएसबी टाइप सी, एनएफसीलगायतका फिचरहरु रहेका छन् ।
कूल एस स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य २२,५९५ रुपैयाँ तोकिएको छ ।
यी दुबै स्मार्टफोनहरु एन्ड्रोइड १० अपरेटिंग सिस्टममा आधारित छन् ।
कुलप्याडले छिटै नै यी दुबै मोडलका अन्य भेरिएन्टहरु समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले देशभर आफ्ना ३५ बितरकहरुमार्फत कुलप्याड मोबाइल फोन बिक्री गरिरहेको छ भने ग्राहकरुलाई बिक्रीपछिको सर्भिसका लागि देशभर ४० भन्दा बढि स्थानमा सर्भिस सेन्टरहरुमार्फत सेवा दिईरहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया