पठाओका ग्राहक र राईडरहरुको बीमा एभरेष्ट इन्स्योरेन्समा हुने


राईड शेयरिंग तथा फुड डेलिभरी एप पठाओले ग्राहक र राईडर/चालकहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्ससंग सम्झौता गरेको छ ।

यस सम्बन्धमा दुई संस्थाका बिचमा साझेदारी पत्रमा हस्ताक्षर गरिएको पठाओ नेपाल प्रालिले जनाएको छ । साझेदारी अन्तर्गत राईडको दौरान ग्राहक तथा राईडर÷चालकहरुको दुर्घटनाका कारण हुन सक्ने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैंयासम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

यसको साथै ग्राहक तथा राईडर/चालकहरुले १ लाख रुपैंयासम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्दछ । पठाओ एप प्रयोग गर्ने ग्राहक तथा राईडर/चालकहरुले यो सुविधा लिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।