उदयपुर र ओखलढुङ्गामा सनराइज बैंकका तीन नयाँ शाखारहित बैंकिङ सेवा


सनराइज बैंकले उदयपुर र ओखलढुंगामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

बैंकले उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहा, सिद्धिचरण नगरपालिका –४ रुम्जाटार ओखलढुंगा र मानेभञ्ज्याङ्ग गाउँपालिका –४ केत्तुके, ओखलढुंगामा एकरएक गरी तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम. कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

उक्त शाखाहरुबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

बैंकले १३९ वटा शाखा, ६६ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटिएम मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।