इजीलिंक रेमिट्यान्सको सेवा अष्ट्रेलियामा पनि, हुण्डी निरुत्साहित हुने अपेक्षा


इजीलिंक रेमिट्यान्स प्रा.लि. ले अष्ट्रेलियाबाट सेवा आरम्भ गरेको छ ।

अष्ट्रेलियाको सिड्नीमा रहेको इजीलिंक ट्रान्सफर पिटिवाईसंग इजीलिंक नेपालले रेमिट्यान्स सेवाका सम्बन्धमा सम्झौता गरेको हो ।

सम्झौता पत्रमा इजीलिंक अष्ट्रेलियाको तर्फबाट एकराज खनाल र केशब आचार्य तथा इजीलिंक नेपालको तर्फबाट डिपि अर्याल र दिपेन्द्र खनालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत २३ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको इजीलिंक रेमिट्यान्सले आफ्नो सेवालाइविस्तार गरेको हो ।

कार्यक्रममा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र कम्पनीका ब्राण्ड एम्बासडर रवि लामिछानेले त्यहाँ रहेका नेपालीहरुलाइ बैधानिक तरिकाले आफुले कमाएको रकम नेपाल पठाउन इजीलिंक रेमिट्यान्सको प्रयोग गर्न आग्रह गरेका छन् । अहिले अष्ट्रेलियामा १ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ । हुण्डीको कारोवार धेरै हुने देशको रुपमा अष्ट्रेलियालाई लिइदै आइएको छ ।

इजीलिंक रेमिट्यान्सले जापान, कोरिया, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । अष्ट्रेलियाबाट सेवा आरम्भ गरेपछि अबैधानिक बाटोबाट नेपालमा रकम पठाउने कार्य निरुत्साहित हुने विश्वास गरिएको छ । साथै सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान नेपालका बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग रेमिट्यान्स भुक्तानी सम्झौतालाई तिब्र बनाउँदै अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन काम गर्ने इजीलिंकले जनाएको छ ।

विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम नेपालभरि रहेका इजीलिंक रेमिट्यान्सका ६ हजार बढी बढी सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै भुक्तानी लिन र बैंक खातामा रकम जम्मा गर्न सकिने बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।