कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना

0
Shares

कुमारी बैंक लिमिटेड (KBL) ले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ ।

उक्त योजना अन्तर्गत २०७७ पुस १ पश्चात् कुमारी बैंकको मोबाइल एप्लिकेसन “ कुमारी स्मार्टमा” रजिष्टर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेसन शुल्कमा १०० फिर्ता पाउनेछन् । सो रकम फिर्ता पाउन ग्राहकवर्गले रेजिस्ट्रेसन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत २ हजार रुपैयाँसम्मको कारोबार गरेको हुनुपर्नेछ ।

सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानी लगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमीत अवधीको लागी मात्र रहनेछ ।

यो रिफण्ड योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साह जगाउने र डिजिटल प्रविधिको अधिकतम प्रयोग तर्फ डो¥याउनेमा बैंकका डिजिटल प्रमुख अनिष ताम्राकारले बताए ।

विगत २० वर्षदेखि निरन्तर आधुनिक बैंकिंग सेवासुविधाहरु दिँदै आएको कुमारी बैंकले डिजीटलीकरणलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा आफ्ना देशव्यापी १९२ शाखा संजाल, १५६ एटिएम लगायत २३ शाखाराहित बैंकिंग ईकाईहरु मार्फत अझ द्रुत गतिमा प्रभावकारी बैंकिंग सेवा सुविधाहरु पुर्याउदै जाने प्रतिबद्धता गरेको छ ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।