रौतहटका सबै स्थानीय तहको मतदाता नामावली प्रकाशन


निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत रौतहटको सबै स्थानीय तहको केन्द्रमा पनि बिहीबार मतदाता नामावली तथा सोस“ग सम्बन्धित कार्यक्रम प्रकाशन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार देशव्यापी अभियान चलिरहेका बेला जिल्लामा पनि कार्यक्रम गरिएको हो ।

जिल्लामा रहेका १ लाख ६२ हजार २७४ महिला, एक लाख ९८ हजार ३६५ पुरुष र १ जना तेस्रो लिंगी गरी ३ लाख ६० हजार ६४० जना मतदाताहरुको नामावली प्रकाशन भएको छ ।

अद्यावधिक र दाबी विरोध कार्यक्रम सम्पन्न भएपश्चात मतदाताहरुको अन्तिम नामावली टुंगो लाग्ने निर्वाचन अधिकारी दासले जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी दासका अनुसार मतदाताहरुले आप्mनो स्थायी ठेगाना रहेको पालिका केन्द्रमा माघ १६ गतेदेखि १८ गते सम्म मतदाता नामावलीमा आप्mनो नाम हेर्न, मतदाता नामावलीको आप्mनो नाम वा विवरणमा कुनै त्रुटी भए सच्याउन, आप्mनो नाम दोहोरो परेको भए, वा मृत्यु भएकाको विवरण हटाउन निवेदन दिन सक्ने छन् । यसका लागि जिल्लास्थित सबै स्थानीय तहमा १ जना सहायक नाम दर्ता अधिकारी नियुक्त गरिएको समेत जिल्ला निर्वाचन अधिकारी दासले जानकारी दिए ।

त्यसैगरी कसैले झुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ गते स्थानीय तहको केन्द्रमा खटिएका सहायक नाम दर्ता अधिकारी समक्ष उजुरी दिन सकिने बताइएको छ ।

यस अघि रौतहटमा कायम रहेको २७७ मतदान स्थल र ४४९ मतदान केन्द्र मध्ये ४ वटा मतदानस्थल परिवर्तन गरिएको छ भने एउटा मतदान स्थल खारेज गरी सोही वडाको अर्को मतदानस्थलमा गाभिएको छ । २ नया“ निर्वाचनस्थल थप गरी आगामी निर्वाचनकोलागि २७८ मतदान स्थल कायम हुने तथा ४८१ मतदान केन्द हुने अनुमान गरिएको छ ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।