एभरेष्ट बैंकद्धारा ‘के टू’ हिमालका आरोहीलाई सम्मान


एभरेष्ट बैंकले विश्वको दोस्रो अग्लो हिमशिखर ‘माउण्ट के टू’ आरोहण गरेर स्वदेश फर्किएको टोलीलाई सम्मान गरेको छ ।

निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहास मै पहिलो पटक हिउँदमा ‘माउण्ट के टू’ को सफल आरोहण गरेकोमा सम्मान कार्यक्रम आयोजना गरेको हो । उक्त पर्वतारोहण टोली मध्येका मिङ्ग्मा डेविड शेर्पा एभरेष्ट बैंकको ब्राण्ड फेसका रूपमा आबद्ध छन् ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।