आइएमई जनरलको नाफा शतप्रतिशतले बढ्यो, इपिएस २८ रुपैयाँ नजिक

0
Shares

आइएमई जनरल इन्स्योरेन्स (IGI) को खुद नाफा गत आवको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा शतप्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

कम्पनीले २०७७ पुससम्ममा १५ करोड २ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा अर्थात २०७६ पुस मसान्तसम्ममा ६ करोड ६५ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा १२५.६७ प्रतिशतले बढेको हो ।

पुस मसान्तसम्ममा आइएमई जनरलको खुद बीमा शुल्क आम्दानी गत आवको यसै अवधिको तुलनामा ५ करोड ७६ लाखले बढेर ३६ करोड ३९ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७.७८ रुपैयाँ कायम भएको छ । यस्तै जगेडा कोषको आकार २८ करोड ८७ लाख ८९ हजार रुपैयाँ कायम हुँदा प्रतिशेयर नेटवर्थ १६६.९४ रुपैयाँ, र मूल्य आम्दानी अनुपात ३०.२३ गुणा छ ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषमा ४३ करोड ५३ लाख ४९ हजार रुपैयाँ सञ्चित भएको छ । गत आवको यसै अवधिमा २८ करोड ४३ लाख ६३ हजार रुपैयाँ रहेकोमा ५३ प्रतिशतले बढेको हो ।

पुस मसान्तसम्ममा कम्पनीले १ हजार ७३२ वटा दाबी वापत २९ करोड १० लाख ७९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । ५ हजार ९१ वटा दाबी वापत ६१ करोड १७ लाख ५२ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । कम्पनीमा कुल ७२ हजार १२५ वटा बीमलेख जारी भएका छन् भने ७१ करोड १३ लाख ६४ हजार रुपैयाँ कुल बीमशुल्क संकलन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।